२०२५ सालको मध्यतिर आइपुगेको यो समय नेपाली पूँजी बजार (NEPSE) का लगानीकर्ताहरूका लागि पुनः एकपटक सोच्ने र रणनीति बनाउने उपयुक्त समय हो। कारण? इतिहास आफैंले भन्ने गर्छ—जुलाई महिना नेप्सेमा सर्वाधिक प्रतिफल दिने महिनाहरूको अग्रस्थानमा रहँदै आएको छ।
२००४ देखि २०२४ (२१ वर्ष) को डेटा विश्लेषण गर्दा पत्ता लाग्छ कि जुलाई महिनामा नेप्सेले अत्यन्त उत्साहजनक प्रतिफलहरू दिएको छ। कुल २१ मध्ये १९ पटक (अर्थात् ९१% केसहरूमा) जुलाई महिनामा नेप्सेले सकारात्मक मासिक रिटर्न दिएको छ। विशेष गरी, २०२४ को जुलाईमा नेप्सेले ३०.८% को अत्यधिक प्रतिफल दिएको थियो, जुन विगत दुई दशकको उच्चतम मासिक वृद्धि हो। यसले बजारमा नयाँ आर्थिक वर्ष सुरु भएपछि देखिने सकारात्मक मनोवृत्तिलाई पुष्टि गर्छ।
जुलाई महिनामा नेप्सेले १९ पटक (९१%) सकारात्मक प्रतिफल दिएको छ।
२०२४ मा मात्र जुलाई महिनामा ३०.८% प्रतिफल आएको थियो।
मार्च महिनामा १६ पटक नकारात्मक प्रतिफल आएको छ - सबैभन्दा जोखिमपूर्ण महिना।
जुलाईको ऐतिहासिक प्रदर्शन हेर्दा यस महिनालाई "सुनौलो समय" भन्न सकिन्छ। जुलाई प्रायः बजेट प्रभाव, नयाँ आर्थिक योजना, सरकारी खर्चको चाप, र सकारात्मक मनोवृत्तिका कारण बढ्छ। खासगरी वित्तीय, बैंकिङ, इन्फ्रास्ट्रक्चर र अन्य सेग्मेन्टहरूमा बजारको
माग उच्च हुनेगर्छ। यदि लगानीकर्ताले विगतको ट्रेन्डको अध्ययन गर्ने हो भने, जुलाई त्यस्तो महिना हो जुनले बजारको समग्र मनोबल बढाउँछ।
यसको विपरीत, बजारका केही महिना भने लगानीकर्ताका लागि चुनौतिपूर्ण देखिएका छन्। जसमध्ये मार्च महिनालाई सबैभन्दा अस्थिर महिना मान्न सकिन्छ। २२ वर्षको अवधिमा मार्च महिनामा १६ पटक नेप्सेले नकारात्मक प्रतिफल दिएको छ। यसले देखाउँछ कि यो महिना बजारको उतारचढाव, लगानीकर्ताको भय, वा बजेट पूर्व अनुमानजस्ता कारणले प्रभावित हुने गर्छ।
दोस्रो जोखिमपूर्ण महिना सेप्टेम्बर हो, जसमा पनि नकारात्मक रिटर्न दिने प्रवृत्ति प्रवल देखिन्छ। धेरैजसो वर्षहरूमा सेप्टेम्बर महिनाले बजारको उतारचढाव बढाउने, कर प्रणाली, संस्थागत दबाब वा अर्धवार्षिक मूल्यांकनसँग सम्बन्धित चुनौतीहरू ल्याउने गरेको छ।
त्यसैले अहिलेको समय—जुन जुलाई नजिकिँदैछ—लगानीकर्ताले गम्भीर रूपमा विचार गर्ने समय हो। जुन महिनाले बजारमा सबैभन्दा धेरै हरियाली ल्याउने सम्भावना देखाउँछ, त्यही महिनाको लागि आजै योजना बनाउनु बुद्धिमानी हुनेछ।
नयाँ लगानीकर्ताहरूका लागि सुझाव: गुणस्तरीय कम्पनीहरूको छानबिन गर्नुहोस्, टेक्निकल र फन्डामेन्टल एनालाइसिसमा आधारित निर्णय लिनुहोस्, र दीर्घकालीन सोच राख्नुहोस्। बजारमा हल्ला होइन, तथ्यको आधारमा निर्णय लिनु नै सफलताको मूलमन्त्र हो।
Comments
Post a Comment